काठमाडाैँ । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।
बोर्डको स्वीकृति अनुसार कम्पनीले १०० रुपैयाँ अंकित ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।
कम्पनीकाे हकप्रद शेयर निष्काशन व्यवस्थापनको जिम्मेवारी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले पाएको छ ।








