Thursday, March 12, 2026
spot_img

भारतमा दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत् निर्यात

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले छिमेकी राष्ट्र भारतमा विद्युत् बिक्री गर्न थालेको छ । केहीदिन यता परेको वर्षाका कारण विद्युत् उत्पादन बढेपछि प्राधिकरणले विद्युत् निर्यात सुरु गरेको हो ।

गत शनिबारदेखि दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले जानकारी दिए । भारतको प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेञ्ज (आइइएक्स)को रियल टाइम मार्केटमा रातको समयमा खपत नभएको विद्युत् भारत निर्यात भइरहेको छ ।

अहिले आन्तरिक उत्पादन करिब १५०० मेगावाटको हाराहारीमा छ । तर, पिक आवरमा डिमाण्ड भने २००० मेगावाटको हाराहारीमा पुग्छ । नेपालले पिक आवरमा भारतबाट आयात गर्ने रातको समयमा खपत नभएको विद्युत् भारत निर्यात गर्ने गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img