Sunday, January 19, 2025
spot_img

ग्लोबल आइएमई बैंकद्वारा ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्रालिसँग समझदारी

spot_img

Share

spot_img

ग्लाेबल आइएमई बैंकले ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न अलाेइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेकाे छ । बैंक र अलाेइबीच कर्जा अनुगमन प्रणालीलाई प्रयाेग गरी कर्जा सम्बन्धी सेवा कार्यन्यवन गर्ने गरी सम्झाैता भएकाे हाे ।

समझदारीपछि बैंकले अलाेइकाे कर्जा अनुगमन प्रणालीलाई प्रयाेग गरी विभिन्न क्षेत्रमा कर्जासँग सम्बन्धित सेवाहरूकाे प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछ । समझदारीले वातावरणामैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मदत पुग्ने विश्वास बैंककाे छ ।

बैंककाे मुलुकका ७७ जिल्लामा शाखा सञ्चालन रहेकाे निजी क्षेत्रकाे पहिलाे वाणिज्य बैंक हाे । बैंककाे ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय बढी सेवा केन्द्र रहेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img