काठमाडाैँ । सरकारले सिक्टा सिंचाइ र वृहत् दाङ सिंचाइ परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै यस्ताे घाेषणा गरेका हुन् ।
भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावर हाउस निर्माण कार्य २ वर्षभित्र सम्पन्न गरिने भएको छ । यसका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । सिंचाइ प्रणालीको मर्मतमा १ अर्ब ८२ करोड विनियोजन गरिएको छ ।








