काठमाडाैँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा प्रजेशविक्रम थापा नियुक्त भएका छन् । छाेटाे सूचीमा परेका ५ जनामध्ये छनाेट समितीकाे सिफारीसमा थापालाई नियुक्त गरिएकाे हाे ।
चिलिमे इन्जिनियरिङ कम्पनी लिमिटेड (चेस्को) का प्रमुख कार्यकारी अधिकृत रहेका थापालाई एचआईडीसीएल सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । एचआईडीसीएलका सीइओ अर्जुनकुमार गौतमको पदावधि सकिएपछि कम्पनीले गत चैत १५ गते एचआइडीसीएलले प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन प्रकाशन गरेको थियो ।
नेपालको जलविद्युत्मा २५ वर्षभन्दा बढीको योगदान रहेकाे थापा मेकानिकल इन्जिनियर हुन् । उनले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत्मा पनि काम गरेका थिए ।








