Saturday, March 7, 2026
spot_img

दरमखोला हाईड्रोले पायो सेयर निष्काशन अनुमति

spot_img

Share

spot_img

काठमाडाैँ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले सेयर निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सार्वजनिक निष्काशनको अनुमति दिएको हो । सेबोनले जेठ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले ३९ लाख ५० हजार कित्ता सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो । कम्पनीले यसअघि नै सेयर निष्काशनका लागि बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरिसकेको छ ।

कम्पनीले बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदैछ । कम्पनीले सेयर निष्काशनका लागि सेबोनमा २०८० भदौ ५ गते आवेदन दिएको थियो । कम्पनीले आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img