Thursday, February 19, 2026
spot_img

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : उर्जामन्त्री

spot_img

Share

spot_img

काठमाडौँ, । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बैँक तथा वित्तिय संस्थाले ‘टेक एण्ड पे’ को विषयलाई लिएर जलविद्युत क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताए । अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन समारोहमा बोल्दै उनले वजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर लगानी नगर्नुपर्ने कुनै कारण नभएको बताए ।

“वजेटमा ‘टेक एण्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तिय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव उर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,”– मन्त्री खड्काले भने ।

उर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । “उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने,”– उनले भने । उनले छिमेकी मुलुक भारतसँगै नेपालले पहिलोपटक भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेशलाई ४० मेगावाट विद्युत निर्यात थालनी गरेको भन्दै आगामी दिनमा यसलाई झन् बढाउन सकिने बताए ।

भारतसँग छलफल गरेर बङ्गलादेशको प्रसारण लाईनपनि विस्तार गर्नेगरी सरकार लागिरहेको उनको भनाई थियो । उर्जामन्त्री खड्काले निजी क्षेत्रलाई सँगै साथमा लिएर हिँड्नेगरी आगामी एक महिनाभित्र विद्युत ऐन ल्याउने तयारीका साथ सरकारले काम गरिरहेको बताए । उर्जा क्षेत्रमा बाधक रहेका कानून र सोचलाई परिवर्तन गर्दै सरकार अगाडि बढ्न चाहेको उनकाे भनाई थियो ।

मन्त्री खड्काले नेपालमा भएका स्रोतको उच्चतम सदुपयोग गरेर गरिव तथा विपन्न नागरिकलाई समृद्धि बनाउने वाटोमा सरकार लागिरहेको बताए । उनले मध्ये चमेलिया जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गरे ।

“आयोजना समयमा सम्पन्न गर्न सकियो भने बढी लाभान्वित हुन पाईन्छ, जति लामो समय भए त्यति व्याज बढ्ने र लाभ लिन समय लाग्ने, हुन्छ, समयमै काम सम्पन्न होस्, शुभकामना,”– उनले भने ।

दार्चुलाका प्रतिनिधीसभा सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद वडूले आयोजना निर्माणसँगै सिङ्गो मुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई प्रसारण लाईन निर्माणमा ल्याउन सके उत्पादित विद्युत खेर नजाने बताए । उनले आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । नेपाल बैँकको अगुवाईमा निर्माण हुन लागेको उक्त आयोजनामा नविल बैँकले पनि लगानी गर्ने प्रतिवद्धता जनाएको छ । रु पाँच अर्ब ६६ करोड लगानीमा निर्माण हुन लागेको उक्त आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img