Thursday, February 19, 2026
spot_img

नेपाली बजारकाे महंगाे ईभी, मूल्यः १ कराेड ७९ लाख

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाली बजारमा बीएमडब्लूको नयाँ विद्युतीय एसयूभी ‘आइएक्स टू’को बिक्री सुरु भएको छ । बीएमडब्लूको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले आफ्नो ‘आइएक्स टू’ गाडीको नेपाली बजारमा बिक्री सुरु गरेको हो । १ करोड ७९ लाख रुपैयाँ तोकिएको गाडी सार्वजनिक गरिएकाे छ ।

यसअघि ‘आइएक्स वान’ र ‘आइएक्स थ्री’ उपलब्ध गराइसकेको कम्पनीले अहिले ‘आइएक्स टु’ बजारमा ल्याएको हो । यस गाडीको मुख्य आकर्षण भनेको यसको शक्तिशाली इलेक्ट्रिक मोटर हो जसले २०४ हर्सपावर शक्ति उत्पादन गर्दछ । यो गाडीले ८.६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति प्राप्त गर्न सकिन्छ ।

यसको ६६.५ किलोवाट घण्टाको उच्च क्षमताको ब्याट्रीले एक पूर्ण चार्जमा ४७५ किलोमिटरसम्मको यात्रा गर्न अनुमति दिन्छ जुन काठमाडौं देखि पोखरा सम्मको यात्रा एकै चोटिमा गर्न पर्याप्त छ ।

राती यात्रा गर्दा यसले प्रदान गर्ने एलईडी हेडलाइटले सडकलाई पूर्ण रूपमा उज्यालो बनाउँछ भने हाई बीम असिस्टेन्टले अँध्यारो बाटोमा पनि अरू गाडीहरूलाई असर नगरी स्वचालित रूपमा हाई बीम नियन्त्रण गर्छ ।

गाडी भित्र उपलब्ध हार्मन कार्डनको प्रिमियम साउन्ड सिस्टमले यात्रालाई मनोरञ्चक बनाउँछ भने हेड–अप डिस्प्लेले गति र अन्य आवश्यक जानकारीहरू सीधै विण्डस्क्रिनमा प्रोजेक्ट गरेर ड्राइभरलाई सडकमा ध्यान केन्द्रित गर्न सहयोग गर्दछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img