काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण विद्युत् खरिद सम्झौता (पीपीए) गर्नका लागि विद्युत् जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) भइसकेका जलविद्युत् आयोजनाहरूलाई पत्राचार गरेको छ । प्राधिरकणले पीपीएको लागि प्राथमिकतामा राख्न ४ दिनभित्र विवरण बुझाउन प्रवर्द्धकहरूलाई पत्राचार गरेको हो ।
प्राधिकरणले ५१ वटा जलविद्युत् आयोजनालाई पत्राचार गरेको छ । प्राधिकरणको व्यवसाय विकास निर्देशनालय विद्युत् व्यापार विभागले प्राधिकरण सञ्चालक समितिको ९९४औँ बैठकको निर्णय अनुसार पीपीए गर्नका लागि प्राथमिकता निर्धारण गर्ने प्रक्रिया अघि बढाइएको जनाउँदै विवरण माग गरेको हो ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार अहिले प्राथमिकताका आधारमा सूची तयार गर्ने प्रयोगजनका लागि विवरण माग गरिएको छ । ‘टेक एण्ड पे’ मा पीपीए हुन्छ की ‘टेक अर पे’ मा । क्लारिटी आएकाे छैन । अहिले प्राथमिकताका आधारमा सूची तयार गर्न मात्रै विवरण बुझाउन पत्राचार गरिएको हो’ उनले भने ।









