Monday, July 14, 2025
spot_img

ऊर्जा सुरक्षा र क्षेत्रीय सहकार्यमा नयाँ दिशा प्रस्तुत

spot_img

Share

spot_img

काठमाडौँ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का शाङ्हाइ सहयोग संगठन (SCO) अन्तर्गत आयोजित पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकको “Parallel Forum 3 – Policy Innovation for High-Quality Energy Development” मा सहभागी भएका छन्।

यस बैठकमा मन्त्री खड्काले नेपालको ऊर्जा रणनीतिका बारेमा महत्वपूर्ण धारणा प्रस्तुत गर्दै ऊर्जा सुरक्षालाई आधुनिक जीवनका लागि अनिवार्य आवश्यकता भनेका छन् । मन्त्री खड्काले भने, “ऊर्जा आजका लागि विकल्प होइन, जीवनका लागि अक्सिजन जत्तिकै आवश्यक विषय हो।”

उनले क्षेत्रीय सहकार्य, नीतिगत नवप्रवर्तन र लगानीको महत्त्वमा जोड दिँदै ऊर्जा सुरक्षा र उच्च गुणस्तरीय ऊर्जा विकासका लागि एकजुट हुन आग्रह गरे । नेपालले पछिल्लो पाँच वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको र ९९% जनतालाई विद्युत् पहुँचमा पुर्‍याएको उल्लेख गर्दै उनले ९५% भन्दा बढी विद्युत उत्पादन नवीकरणीय उर्जाका स्रोतबाट गरिरहेको जानकारी दिए ।

नेपालले भारतसँग १३२ केभी र ४०० केभी प्रसारण लाइन्स सञ्चालनमा ल्याएको छ र बङ्गलादेशसँग ऐतिहासिक विद्युत् निर्यात सम्झौतामा हस्ताक्षर गरेको छ। साथै, नेपाल र चीन बीच रसुवागढी–चिलिमे–जिलोंग/केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेछ ।

मन्त्री खड्काले क्षेत्रीय ऊर्जा भविष्यलाई सुरक्षित, समावेशी र हरित बनाउन तीन प्रमुख नीतिगत उपायहरूको आवश्यकता औँल्याए । दीर्घकालीन विद्युत व्यापारको प्रोत्साहन, क्षेत्रीय प्रसारण पूर्वाधारमा लगानी, र हरित वित्त प्रणालीद्वारा ऊर्जा बजारको विकासका उपायहरूलाई प्रमुख प्राथमिकता दिइएको छ ।

नेपालले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको र त्यसमा १५,००० मेगावाट निर्यात गर्ने योजना बनाएको जानकारी पनि मन्त्री खड्काले साझा गरे । यस्तै, नेपालले २०४५ सम्म शून्य कार्बन उत्सर्जन र विद्युतीय यातायात तथा उद्योग प्रणालीको विकासको लागि प्रतिबद्धता व्यक्त गरेको छ । मन्त्री खड्काले कार्यक्रमको क्रममा भने, “यस प्रकारका क्षेत्रीय मञ्चहरूले साझा ऊर्जा लक्ष्यमा पुग्न योगदान पुर्‍याउने विश्वास लिएको छु।”

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img