Monday, July 14, 2025
spot_img

साढे २६ अर्ब लागतमा डाँडागाउँ खलंगा भेरी निर्माण हुँदै

spot_img

Share

spot_img

काठमाडौँ । कर्णालीको ठूली भेरी नदीमा ९७.४३ मेगावाटको डाँगागाउँ खलंगा भेरी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आंशिक जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न विद्युत् विकास विभागले प्रस्ताव गरेको हो ।

यो आयोजना नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको नलगाड र भेरी नगरपालिका साथै रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानी भेरी गाउँपालिकामा रहेको छ ।

आयोजननाको बाँध तथा जलाशय नलगाड नगरपालिका वडा नम्बर १ र आडबिसकोट नगरपालिका वडा नम्बर १ मा पर्दछ । अडिट–१ नलगाड नगरपालिका नडा नम्बर १ मा र अडिट–२, कामदार शिविर र विद्युतगृह भेरी नगरपालिका वडा नम्बर १ मा पर्दछ ।

आयोजनामा ६०९७.१५ मिटर लामो हेडरेस पाइप, ७३२.६५ मिटर पेनस्टक पाइप र ७०७.५७ मिटर अडिट टनेल रहनेछ । आयोजनाको सतही किसिमको विद्युतगृह रहनेछ । जसमा ३ वटा भर्टिकल टर्वाइन प्रस्ताव गरिएको छ ।

आयोेजनालाई निर्माण तथा सञ्चालन चरणमा कूल ७९.९९ हेक्टर (१७.७६ हेक्टर निजी र ६२.२२ हेक्टर सरकारी) जग्गा आवश्यक पर्दछ । आयोजनाका लागि १२४४ रुख कटान गर्नुपर्ने वातावरणीय अध्ययन प्रतिवेदनले देखाएको छ ।

यो आयोजना सम्पन्न गर्न २६ अर्ब २४ करोड ५२ लाख ४८ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना निर्माण पूरा भएपछि उत्पादीत विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत १७.८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको ४००÷१३२ केभी नलगाड सबस्टेसनमा जोडिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img