Monday, July 14, 2025
spot_img

नेपाल विद्युत् प्राधिकरणको बाँकी बक्याैता ४४ अर्ब

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको उठाउन बाँकी बक्यौता ४४ अर्ब रुपैयाँ बढी रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको उठाउन बाँकी बक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ रहेको बताएका हुन् ।

उनका अनुसार डेडिकेटेड फिडर तथा ट्रंक लाइनतर्फको २३ अर्ब ४४ करोड रुपैयाँसहित फागुन मसान्तसम्मको बक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ रहेको हो । जसमध्ये सडक बत्ती र सरकारबाट १५ अर्ब र बाँकी अन्य नियमित तर्फकाे बक्याैता रहेकाे बताए ।

लोडसेडिङको बेला प्रयोग गरेको विद्युत्को प्रिमियम महशुलका बक्यौता पुनारावलोकन गर्न अहिले ४६ वटा उद्योगले प्राधिकरणमा निवेदन दिएका छन् । प्राधिकरणले एक सूचना जारी गरी पुनरावलोकन प्रक्रियामा आउन समयदिएसँगै यी उद्योगहरू पुनरावलोकनमा आएका हुन् ।

उद्योगीहरू बिल रकमको पाँच प्रतिशत धरौटी राखेर पुनरावलोकनका लागि आवेदन दिएका हुन् । अहिले यस विषयमा छलफल भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । आगामी एक महिनाभित्र यसलाई टुंगो लगानी पनि उनले बताए । उनले २०७२ सालदेखिको यो समस्याको समाधान हुने चरणमा रहेको बताए ।

२०७२ माघदेखि २०७५ वैशाखसम्म अवधिको बक्यौता सवा आठ अर्ब रुपैयााँ रहेको छ । २०७२ साउन देखि २०७७ असारसम्मको भने २३ अर्ब ४४ करोड रुपैयाँ बक्यौता रहेको प्राधिकरणको श्वेतपत्रमा उल्लेख छ । अहिलेलाई भने २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता उठाइदैछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img