Monday, July 14, 2025
spot_img

राइडरहरूलाई इलेक्ट्रिक स्कुटर वितरण

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालकाे बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘ई–ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा ऐतिहासिक स्वरोजगार योजनाअन्तर्गत ललितपुरको भैसेपाटीमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर (ईभी) वितरण गरिएको छ। योजनाको पहिलो चरणमा राइडरहरूलाई विशेष ‘फ्रि अफर’ पनि प्रदान गरिएको छ।

कार्यक्रममा सहभागी राइडरहरूलाई आजको दिन भाडा नलाग्ने विशेष फ्रि अफर दिइएको हो। उनीहरूले ईभी स्कुटर प्राप्त गर्दै सुरुवातमै खर्च बिना काम गर्न पाउने अवसर पाएका छन्, जसले उनीहरूमा हौसला थपेको देखिएको छ ।

आयोजकका अनुसार इच्छुक राइडरले दुई मोडेलमा स्कुटर प्राप्त गर्न सक्नेछन्  । एउटा दैनिक भाडामा आधारित (रेन्टल) र अर्को मासिक तलबमा आधारित । रेन्टल मोडेलमा राइडरले प्रतिदिन लगभग ७०० देखि १००० रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ । तलबमा आधारित मोडेलमा राइडरले नेपाल सरकारले तोकेको न्यूनतम तलब सुनिश्चित रूपमा पाउनेछन् भने राइडको आधारमा बोनससहित मासिक २० देखि २५ हजार रुपैयाँभन्दा बढी कमाउन सक्ने बताइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img