Thursday, December 5, 2024
spot_img

चितवन राष्ट्रिय निकुञ्जभित्र ८ किलोमिटर लामाे भूमिगत लाइन निर्माण हुँदै

spot_img

Share

spot_img

नेपाल विद्युत् प्राधिकरणले चितवन राष्ट्रिय निकुञ्जभित्र ८.०५ किलोमिटर लामो भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चितवनको माडी नगरपालिकाको बढ्दो माग सम्बोधन गर्न तथा हाल सञ्चालनमा रहेको ३३ केभी जगतपुर–माडी खण्डको निकुञ्जभित्र पर्ने भूमिगत खण्डको दोस्रो सर्किट निर्माण गर्न लागेको हो ।

प्राधिकरणले निकुञ्जभित्र रहेको ७.५ किलोमिटर लामो भूमिगत केबल खण्डमा पटक पटक प्राविधिक समस्या हुँदा माडी नगरपालिकामा परेको विद्युत् आपूर्ति समस्या समाधान गर्न दोस्रो लाइन निर्माण गर्न लागेको हो । प्राधिकरणले मुख्य रूपमा राष्ट्रिय निकुञ्जभित्रको राप्ती खोलाछेउदेखि रिउखोलासम्म भूमिगत लाइन निर्माण हुनेछ ।

विद्यमान २.४ मेगावाट विद्युतभार क्षमता रेहको यस भूमिगत लाइन खण्डमा दोस्रो सर्किट थप्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दोस्रो खण्ड थप गरिएपछि यसको विद्युतभार क्षमता १६ मेगावाट हुनेछ ।

राष्ट्रिय निकुञ्जभित्र ८ किलोमिटर भूमिगत प्रसारण लाइन बनाउन प्राधिकरणले पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको छ । प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको छ ।

मन्त्रालयले प्रतिवेदन स्वीकृत गरेपछि लाइन निर्माण प्रक्रिया सुरु गर्ने पनि प्राधिकरणले जनाएको छ । मन्त्रालयले लाइन निर्माण स्वीकृतिका लागि ७ दिने सूचना जारी गरेको छ । उक्त प्रतिवेदनका सम्बन्धमा सर्वसाधारण व्यक्ति वा संस्थाको कुनै राय सुझाव भए आगामी ७ दिनभित्र उपलब्ध गराउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img