काठमाडाैँ । महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । महानगरले चक्रपथभित्र सञ्चालन गर्नका लागि १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएकाे हाे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गरे । उनले पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताए ।
सो कम्पनीले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बससेवा सञ्चालन गरिसकेको छ । कम्पनीले स्वस्थ वातावरणको प्रवर्द्धन र सहरी यातायातको दिगो विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।








