काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाइमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरु कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका छन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०८० साउन ३१ गतेको ९४९ औं बैठकमा दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरिसकेपनि उक्त निर्णय अहिलेसम्म कार्यान्वयन नभएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले मागहरु सम्बोधन नभए आन्दोलन थप चर्कोउने चेतावनी दिएका छन् ।








