काठमाडाैँ । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत खरिदका लागि सहमित प्रदान गरेको छ । यस अघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थपिएको २०० मेवा गरि कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ भने बगलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ ।
श्रावण २६ गते अर्थात हिजाे भारत सरकारबाट प्राप्त स्विकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि हो । यस अन्तर्गत लिखु-२, लिखु खोला ए ,लोअर सोलु, ठुलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेलि खोलाबाट उत्पादन भएको विद्युत पर्दछ ।
आव ८१।८२ मा १७ अर्व ४७ करोड रुपैया बराबरको विद्युत निर्यात भएकोमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्विकृतीले यस आवमा निर्यात दोब्बर हुने अनुमान गरिएको छ ।








