Friday, September 4, 2026
spot_img

युनिट्स इन्जिनियरीङले डिजाइन र निर्माण पर्यवेक्षण गरेको २२औं जलविद्युत् ग्रिडमा

spot_img

Share

spot_img

काठमाडौँ । युनिट्स इन्जिनियरीङ कन्सल्टेन्सीद्वारा डिजाइन र निर्माण पर्यवेक्षण कार्य भएको २२औं जलविद्युत् आयोजनाबाट उत्पादीत विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना सफलतापूर्वक ग्रिडमा जोडिएको हो ।

कन्सल्टेन्सीद्वारा २२औं आयोजनाको रुपमा डिजाइन र निर्माण पर्यवेक्षण गरिएको ५ मेगावाटको बुकु काप्टे जलविद्युत् आयोजनाको विद्युत् नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिएको युनिट्स इन्जिनियरीङ कन्सल्टेन्सीले सामाजिक सञ्चाल फेसबुक मार्फत जानकारी दिएकाे छ । यो आयोजनाको प्रवर्द्धक हिमस्टार ऊर्जा लिमिटेड रहेको छ ।

हिमस्टारले आयोजनाको सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । यो आयोजना सोलुखुम्बु र ओखलढुंगा जिल्लामा पर्दछ । आयोजनाबाट उत्पादीत विद्युत् खरिद बिक्री गर्न कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच २०७४ माघ ११ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो ।

कम्पनीले २०७४ भदौ १४ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको थियो । यो आयोजनाबाट वार्षिक २८.१२४ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । बर्खामा १९.८४७० गिगावाट घण्टा र हिउँदमा ८.६०७३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img