Monday, January 19, 2026
spot_img

विद्युत् आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयतामा प्रतिवद्ध रहन मन्त्री खड्काको निर्देशन

spot_img

Share

spot_img

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठूलो विद्युत् सब स्टेशनको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री खड्काले सब स्टेशनबाट प्रवाह भैरहेको अन्तर्देशीय प्रसारण लाइनको अवस्था बारेमा विस्तृत जानकारी लिएका छन् ।

मन्त्री खड्काले ढल्केवर ग्रीड सब स्टेशनका प्रमुख सूर्यनारायण मण्डलसँग छलफल गर्दै प्राधिकरणको कार्यक्षमता र सुधारका लागि आवश्यक कदमहरूको सन्दर्भमा निर्देशन पनि दिएका थिए। उनले विद्युत आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने निर्देशन दिए ।

मन्त्री खड्काले ढल्केबर विद्युत सब स्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई ध्यानमा राख्दै उपयुक्त निर्णयहरू लिने प्रतिबद्धता व्यक्त गरे ।

निरीक्षण भ्रमणमा नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मनोज यादव र अन्य उच्च अधिकारीहरू पनि उपस्थित थिए । भ्रमणले विद्युत प्राधिकरणको योजनाहरू र सम्भावित सुधारका उपायहरूलाई थप स्पष्ट र कार्यान्वयनयोग्य बनाउने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img