काठमाडाैँ । भारत सरकारले नेपालका दुइ जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । हिजाे अर्थात भदाै ५ गते भारत सरकारले नेपालबाट थप बिजुली निर्यात गर्न अनुमति प्रदान गरेकाे हाे ।
नेपालकाे ४८.५ मेगावाटकाे मेवा खाेला र ३१.०४ मेगावाटकाे करुवा सेति हाइड्रो पावरकाे बिजुली खरिद गर्न भारत सहमत भएकाे छ । यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरि कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको छ । यसैगरी, बगलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्विकृति ११३०.९ मेगावाट पुगेको छ ।
पछिल्लो पटक श्रावण २६ गते भारत सरकारले २०० मेगावाटको लागि अनुमति प्रदान गरेकोमा हिज भाद्र ५ गते थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो । वाइल्याटरल सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि हो ।








