Sunday, January 18, 2026
spot_img

४४ मेगावाटको भोटेकोसी–१ को सुरुङ ‘ब्रेक थ्रु’

spot_img

Share

spot_img

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले २०८० साउनबाट निर्माण गरेको आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

आयोजनाको २६३८.५३ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । आयोजनाको बाँध भोटेकोसी–३ मा र विद्युतगृह भोटेकोसी–४ मा निर्माण भइरहेको छ ।

कम्पनीका अनुसार आयोजनाको हालसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकी काम पनि यही वर्ष सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजना निर्माण पूरा भएपछि उत्पादित विद्युत साढे २ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चाकु सबस्टेशनमा जोडिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img