Tuesday, September 8, 2026
spot_img

४०० केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्यो

spot_img

Share

spot_img

काठमाडौँ । सरकारले ४०० केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको छ । सरकारले ४०० केभी क्षमताको इनरुवा–पुर्णिया र दोदोधारा–बरेली लाइन निर्माण प्रक्रिया अघि बढाएको हो ।

मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैंठकले आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्न र लगानी गर्न स्वीकृति दिएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडको संयुक्त लगानीमा कम्पनी स्थापना हुने भएको छ ।

अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल र भारत दुवै भुमिमा दुईवटा संयुक्त कम्पनी स्थापना गर्ने निर्णय भएको छ । उक्त कम्पनीमा प्राधिकरणलाई एक अर्ब रुपैयाँ र दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्न मन्त्रिपरिषद्को बैंठकले स्वीकृति दिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img