काठमाडाैँ । दोलखा र रामेछापको सिमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाको सुरूङकाे काम द्रुत गतिमा अघि बढेको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण अन्तिम चरणमा पुर्याएको जलविद्युत आयोजनाकाे सुरुङ लाइनिङकाे काम भइरहेकाे छ ।
















