Wednesday, November 11, 2026
spot_img

नेपाल-भारत संयुक्त प्राविधिक टोलीको १७औं बैठकः बुटवल-गोरखपुर २२० केभीमा चार्ज हुने

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १७ औं बैठक पोखरामा सुरु भएको छ । भाेली अर्थात मंगलबारसम्म हुने उक्त बैठकमा नेपाली पक्षको नेतृत्व सहसचिव सहसचिव सन्दीप देवले गरेका छन् भने उनका समकक्षी भारतको केन्द्रीय विद्युत् प्राधिकरणका चिफ इन्जिनियर बी.एस. बैरवाले गरेका छन् ।

बैठकको प्रमुख एजेन्डाहरुमध्ये सबैभन्दा महत्वपूर्ण आगामी सन् २०२६ को मे २६ देखि सञ्चालनमा आउन लागेको बुटबल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन हाललाई २२० केभीमा चार्ज गर्ने विषय रहेको छ । एमसीए नेपालले नेपाल खण्डमा बनाउन लागेको सवस्टेशन सन् २०२६ (म्याचिङ ट्याम) मा पूरा नहुने भएकाले हाललाई २२० केभीमै चार्ज गर्ने विषयमा छलफल हुन लागिएकाे हाे ।

यो प्रसारण लाइन निर्माण भएपछि २२ देखि २५ सय मेगावाटसम्म बिजुली प्रवाह हुनेछ । त्यसैगरी बैठकको अर्काे एजेन्डामा चमेलिया–जौलीजीवी २२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन र निर्माण रहेको छ ।

जेटीटी बैठकको अर्काे एजेन्डामा ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनको क्षमता पुनः मूल्यांकन रहेको छ । हाल यो लाइनको क्षमता ११ सय मेगावाट तय गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img