Sunday, August 9, 2026
spot_img

नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा ऊर्जा रुपान्तरणको क्षेत्रमा योगदान पुर्याउने तीन कम्पनी पुरस्कृत

spot_img

Share

spot_img

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा ऊर्जा रुपान्तरणको क्षेत्रमा योगदान पुर्याएका तीनलाई पुरस्कृत गरेको छ । केन्द्रले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा यी कम्पनीहरूलाई पुरस्कृत गरेको हो ।

केन्द्रले ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार, २०८२’ बाट पुरस्कृत गरेको छ । पुरस्कृत हुने संस्थाहरूमा लघु तथा साना जलविद्युत तर्फ गिरीखोला जलपादेवी ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड रहेको छ । यसले जुम्ला जिल्लामा केन्द्रको सहयोगमा २०० किलोवाट क्षमताको गिरीखोला साना जलविद्युत निर्माण मार्फत २,१०० घरधुरीमा विद्युतीकरण गरी लाष्ट माइल इलेक्ट्रिफिकेसन र ऊर्जा सुरक्षामा सहयोग पुर्याएको छ ।

त्यसैगरी सौर्य ऊर्जातर्फ दिगो ऊर्जा च्यालेञ्ज फण्डको सहयोगमा नेपालमा पहिलो पटक ‘टु एक्सिस ट्र्याकिङ्ग’ प्रणालीमा आधारित २८४ किलोवाट पिक क्षमताको ‘बाइफेसियल’ सौर्य फोटोभोल्टेक आयोजना विकास गरी कृषि सौर्य फोटोभेल्टाइक प्रविधि कार्यान्वयनमा योगदान पु¥याएबापत इको रिन्युएबल प्रा.लि. लाई उक्त पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी जैविक ऊर्जातर्फ काठमाडौं उपत्यकामा रहेका विभिन्न दालमोठ तथा कार्पेट उद्योगहरुमा प्रयोग हुँदै आएको डिजेल र मोबिललाई स्वदेशमै उत्पादन गरिएको वातावरणमैत्री बायो पेलेटद्वारा प्रतिस्थापन गरी इन्धन रुपान्तरण (फ्युल स्विचिङ्ग) मा योगदान पु¥याए बापत स्मार्ट टेक एग्रो एण्ड बायो इनर्जी प्रा.लि. लाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी जनही ५० हजार रहेको छ ।

मञ्चुका समृति अक्षय कोषका संस्थापक एवं ग्रामीण प्रविधि केन्द्रका सञ्चालक लुमिन कुमार श्रेष्ठको दिवंगत छोरा सुप्रविध सुवास श्रेष्ठको स्मृतिमा वि.सं. २०७४ मा स्थापित यो पुरस्कार सोही वर्षदेखि हरेक वर्ष प्रदान गरिंदै आएको छ ।

पुरस्कृत संघ संस्थाहरूको छनौट अक्षय कोषको अनुरोधमा केन्द्रले गर्दै आएकोमा आगामी वर्षदेखि नेपाल नवीकरणीय ऊर्जा परिसंघले गर्ने अक्षय कोषका संस्थापक लुमिन कुमार श्रेष्ठले बताए ।

कार्यक्रममा व्यावसायिक समाजिक उत्तरदायित्व अन्तर्गत केन्द्र परिसरमा विद्युतीय सवारी चार्चिङ्ग स्टेशन स्थापनामा सघाउ पुर्याउने चेन्ज डिजिटल प्रा.लि. र सौर्य पम्पिङ्ग प्रणाली जडानमा सघाउ पुर्याउने नेपाल सौर्य विद्युत उत्पादक संघलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img