Monday, March 9, 2026
spot_img

जगदम्बा स्टीलले तिर्यो ५ करोड ७२ लाख, विद्युत आपूर्ति पुनः जडान

spot_img

Share

spot_img

काठमाडाैँ । बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेको जगदम्बा स्टील प्रा.लि.ले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोगबापतको बक्यौता रकमको पहिलो किस्ता बुझाएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार, पहिलो किस्ता बुझाएपछि गत कात्तिक ४ गते विच्छेद गरिएको विद्युत लाइन बुधबार साँझ पुनः जडान गरिएको हो ।

लोडसेडिङको समयमा औद्योगिक क्षेत्रका ठूला उद्योगहरूले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत आपूर्ति पाएका थिए। सो अवधिको प्रिमियम महसुल तिर्न बाँकी रहेका उद्योगमध्ये जगदम्बा स्टील सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो।

जगदम्बा स्टीलको बक्यौता रकम १ अर्ब ६० करोड १८ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। कम्पनीले उक्त रकमलाई २८ किस्तामा तिर्ने व्यवस्था गर्दै पहिलो किस्ता स्वरूप ५ करोड ७२ लाख ९ हजार रुपैयाँ बुझाएको हो।

कम्पनीले बुझाएको पहिलो किस्ता २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरिएको डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम महसुल बापत हो।

विद्युत महसुल तिर्ने प्रतिबद्धतापछि प्राधिकरणले जगदम्बाको विद्युत आपूर्ति पुनः सञ्चालनमा ल्याएको छ। यससँगै अन्य उद्योगहरूलाई पनि बाँकी महसुल छिट्टै बुझाउन प्राधिकरणले आग्रह गरेको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img