Saturday, December 6, 2025
spot_img

अपि पावरद्वारा मर्स्याङ्दी बेसीको इलेक्ट्रो–मेकानिकल आपूर्ति तथा जडान कार्यको सम्झौता 

spot_img

Share

spot_img

काठमाडाैँ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ। आयोजना लमजुङ जिल्लाको बेसीसहर नगरपालिकामा अवस्थित छ ।

सम्झौताअनुसार, ट्रोयर एजी, इटाली (Troyer AG, Italy) लाई उपकरण आपूर्ति, जडान र परीक्षण कार्यको जिम्मेवारी दिइएको छ। सम्झौतामा ट्रोयर एजीका प्रमुख बिक्री विभाग प्रमुख ह्यान्सपिटर स्कोल्झोर्न, ट्रोयर हाइड्रो प्रा.लि. भारतका अध्यक्ष पवन ढकाल र प्रवर्द्धक कम्पनी दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गरेका छन्।

ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य पूरा गरी आयोजना विद्युत उत्पादनका लागि तयार पार्ने योजना छ।

करिब १० अर्ब रुपैयाँ (१००० करोड रुपैयाँ) लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट जुटाइनेछ। आयोजना साढे दुईभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि, अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो। आर्थिक तथा प्राविधिक मूल्यांकनपछि उपयुक्त देखिएपछि उक्त कम्पनीको स्वामित्व तथा व्यवस्थापन अब अपि पावर कम्पनी लिमिटेडको बहुमत स्वामित्वमा रहनेछ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img