Sunday, August 9, 2026
spot_img

विकास हाइड्रोको ‘लक–इन’ अवधि सकिँदै, साढे १ लाख कित्ता सेयर खुला हुने

spot_img

Share

spot_img

काठमाडाैँ । विकास हाइड्रो पावर कम्पनी लिमिटेडकाे आफ्ना सामूहिक लगानी कोषको स्वामित्वमा रहेको सेयरको ‘लक–इन’ अवधि सकिन लागेकाे छ । कोषको स्वामित्वमा रहेको १ लाख ७७ हजार २७५ कित्ता सेयरको लक इन अवधि पुस २८ गते समाप्त हुन लागेको हो ।

कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार जारी पूँजी ९० कराेड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे थियाे ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरि विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँड पश्चात जारी पुँजीको ३९ प्रतिशत अर्थात ३५ करोड ४५ लाख४९ हजार ५०० रुपैयाँ बराबरको ३५ लाख ४५ हजार ४९५ कित्ता साधारण सेयर मध्येबाट ५ प्रतिशतले हुन आउने सेयरको लक इन अवधि सकिन लागेको हो ।

नेपाल सरकार तथा धितोपत्र बोर्डका प्रावधानअनुसार सामूहिक लगानी योजनाले किनेका प्रर्वतक समूहअन्तर्गतका सेयरलाई निश्चित समयसम्म राख्नुपर्ने व्यवस्था रहँदै आएको छ । त्यहीअनुसार २ वर्ष पूरा भएपछि ती सेयरहरू सामान्य कारोबारका लागि खुला हुनेछन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img