Wednesday, November 11, 2026
spot_img

भोटेकोशी-१ को विद्युत् प्रवाह हुने लाइन निर्माण प्रक्रिया अघि बढ्यो

spot_img

Share

spot_img

काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकाशी–१ जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्नका लागि १३२ केभी प्रसारण लाइनको निर्माण प्रक्रिया अघि बढेको छ । प्रवर्द्धक इलेक्ट्रो पावर कम्पनी लिमिटेडले लाइन निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको विद्युत् विकास विभागले कम्पनीको नाममा निर्माण अनुमति दिने प्रक्रिया अघि बढाएको छ । विभागले सूचना जारी गर्दै भोटेकोशी–१ जलविद्युत् आयोजनाको स्वीचयार्डदेखि सोही जिल्लामा अवस्थित माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको १३२ केभी विद्युत् प्रसारण लाइनको टावर नम्बर ६ (मा लुप इन लुप आउट) गरी १.२२ किलोमिटर लामो १३२ केभी डबल सर्किट लाइन निर्माण गर्न अनुमति दिनका लागि लिखित राय सुझाव माग गरेको छ ।

लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनिय प्रतिकुल असर पर्ने भएमा सूचना जारी भएको मितिले ३५ दिनभित्र विभाग वा प्रवद्र्धक कम्पनीको आइपुग्ने गरी सुझाप दिन विभागले आग्रह गरेको छ ।

विभागबाट अनुमति पाएपछि कम्पनीले यो लाइन निर्माणको काम ६ महिनाभित्र सम्पन्न गर्नेछ । लाइन निर्माण पूरा भएपछि ४४ मेगावाट विद्युत् प्रवाह हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img