Friday, July 17, 2026
spot_img

उत्पादन घट्न थालेपछि भारतबाट विद्युत् आयात सुरू

spot_img

Share

spot_img

काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेर उत्पादन घटेसँगै भारतबाट विद्युत् आयात गर्न सुरु गरेको छ। यद्यपि, निर्यात पनि कायमै रहेको प्राधिकरणको दैनिक तथ्यांकमा देखिन्छ। 

अहिले दैनिक ५५२ मेगावाट आवर (२३ मेगावाट) विद्युत् आयात भइरहेको छ। २४ घण्टै नभए पनि आवश्यक परेको बेलामा विद्युत् आयात भइरहेको प्राधिकरण स्रोत बताउँछ। 

यस्तै, निर्यात पनि कायमै देखिएको छ। अहिले दैनिक चार हजार ७ सय ६२ मेगावाट आवर (१९८ मेगावाट) विद्युत् निर्यात भइरहेको प्राधिकरणको तथ्यांकमा देखिन्छ। 

नेपालमा अधिकांश नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजना छन्। नेपालमा विद्युतको जडित क्षमता चार हजार मेगावाट छ। बर्खामा खोलामा पानी धेरै हुँदा पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ, जुन बेला भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न पनि पुग्छ। 

हिउँदमा भने खोलामा पानीको सतह घट्छ। फलस्वरुप विद्युतको उत्पादन पनि घट्छ। र यसैबेला बेला आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्छ। यश समयमा भारतबाट ५–६ सय मेगावाट विद्युत् आयात गर्नुपर्छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img