काठमाडाैं/ सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले सर्वसाधारणमा ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले लमजुंङगमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।








