Thursday, October 8, 2026
spot_img

अप्पर लोहोरेले बाेलायाे साधारण सभा, १ः१.५ काे अनुपातमा हकप्रद सेयर जारी गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । अप्पर लोहोरे खोला हाइड्राे पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सहित तेस्रो, चौथो तथा पाँचौँ वार्षिक साधारणसभा बाेलाएकाे हाे ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत (१ः१.५ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको पुस ३० गते हुने साधारण सभाबाट हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित भएपछि जारी गरिने छ । 

सभामा प्रस्तुत हुने मुख्य एजेन्डामध्ये अघिल्लो आर्थिक वर्षका वित्तीय प्रतिवेदन अनुमोदन, लेखापरीक्षक नियुक्ति/पुनःनियुक्ति तथा पारिश्रमिक निर्धारण, कम्पनीको सञ्चालन तथा योजना सम्बन्धी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव समावेश गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img