Sunday, January 19, 2025
spot_img

खिम्ती–२ को काम द्रुत गतिमा, ४८ मेगावाट विद्युत् प्रवाह हुने लाइन निर्माण सुरु

spot_img

Share

spot_img

काठमाडौँ । दोलखा र रामेछापको सिमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधिन खिम्ती–२ जलविद्युत् आयोजनाको ४८.८ मेगावाट विद्युत् प्रवाह हुने प्रसारण लाइनको निर्माण प्रक्रिया सुरु भएको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण अन्तिम चरणमा पुर्याएको जलविद्युत आयोजनाको विद्युत् प्रवाह हुने प्रसारण लाइनको अनुमति जारी गर्ने तयारी भइरहेको छ ।

विद्युत् विकास विभागले आयोजनाको विद्युतगृहको स्वीचायार्डदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–३ हुँदै जाने १३२ केभी गर्जाङ–नयाँ खिम्ती लाइनसम्म जम्मा १.८१ किलोमिटर लामो लाइन निर्माण अनुमति दिने अन्तिम तयारी गरिरहेको छ । यो लाइन गर्जाङ–नयाँ खिम्ती लाइनको टावर नम्बर एपी २६ र एपी २७ को विभागले अनुमतिपत्र जारी गर्न ३५ दिने सुचना जारी गरेको छ ।

लाइनमा ९ वटा टावर निर्माण गरिनेछ । लाइन निर्माण गर्न ४.२२५ हेक्टर जमिन आवश्यक पर्ने छ । लाइन निर्माण पूरा भएको १२ महिनाभित्र सम्पन्न गर्ने प्रवर्द्धक कम्पनीको लक्ष्य छ ।

जलविद्युत् आयोजनाको विवरण

खिम्ती–२ को काम ७० प्रतिशत बढी पूरा भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको १६२ मिटर लामो ठाडो सुरुङको निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको २ वटा ठाडो सुरुङ रहेकोमा तल्लो ६७ मिटरको ठाडो सुरुङ ६/७ महिना अघि छेडिएको थियो । तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम पूरा भएको छ । आयोजनामा मुख्य सुरुङ सहित ८३०५ मिटर सुरुङ निर्माण गर्नु पर्ने हुन्छ । त्यस मध्ये मुख्य पानी बग्ने सुरुङ, सार्ज साफ्ट, ठाडो सुरुङ र काम गर्न जाने सहायक सुरुङ सहित अब मुख्य सुरुङको काम अहिलेसम्म ६९०० मिटर पूरा भएको छ । मुख्य सुरुङको जिरी नगरपालिका वडा नम्बर ८ खण्डमा कमजोर चट्टानका कारण केही ढिला भएको थियो ।

नदी फर्काउनका लागि इन्टेक, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचना धमाधम निर्माणाधिन छन् । आउँदो वर्षात् अघि नै नदी फर्काउने काम पूरा गर्ने गरी काम भइरहेको कम्पनीले जानकारी दिएको छ ।

हेडवक्स क्षेत्रमा वर्षात् अघि ७५ प्रतिशत काम पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको भइरहेको छ । आयोजनाको सिभिल निर्माणको जिम्मा सिभिल निर्माणको जिम्मा हाइ हिमाल कन्ट्रक्सनले गरिरहेको छ । हाइ हिमाल नेपालमा सुरुङ निर्माणमा प्रख्यात नेपाली कम्पनी हो ।

आयोजनाको हाइड्रोमेकानिकल पेनस्टक पाइपका लागि पाता ल्याएर साइटमै ल्याएर पाइप बनाएर जडानको काम पनि जारी छ । हेडवक्सका मुहानहरूमा राख्ने गेटहरू पनि ढुवाइ भइसकेको छ । अहिले ६० मेगावाटको खिम्ती–१ जलविद्युत् केन्द्रको बाँधभन्दा ३०० मिटर माथि विद्युतगृहको भवन निर्माण भइरहेको छ । भवन निर्माणपछि उपकरण जडानको काम पनि सुरु भएको छ ।

कम्पनीले सुरुवातमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्वाइन वर्क (सिडब्ल्युटिडब्ल्यु) कम्पनीलाई जिम्मा दिएको थियो । सबै प्रक्रिया पूरा गरी आयोजनाको काम थाल्ने समयमा कोरोना (कोभिड–१९) महामारी सुरु भएकाले चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी सिभिलको काम अघि बढाएको हो ।

आयोजना सम्पन्न गर्न ८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भई आउँदा वार्षिक २६ करोड युनिट विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन साढे ४ करोड युनिट र बर्खाको उत्पादन साढे २१ करोड युनिट उत्पादन हुनेछ ।

दोलखाको जिरी नगरपालिका जिरीसिक्री दोभान पहिरेबाट खोला फर्काएर खिम्ती–१ जलविद्युत आयोजनाभन्दा ३०० मिटर माथि तामाकोसी गाउँपालिका वडा नं. ७ मा विद्युतगृह बनाइ विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ, विद्युतगृह दोलखाको जिरी नगरपालिका वडा नंम्बर ८, ९ र तामाकोसी गाउँपालिका वडा नम्बर ७ मा तयार हुने छ ।

आयोजनाको सिभिल तर्फबाट हाइ हिमाल कन्ट्रक्सन, हाइड्रोमेकानिकलको ग्लोबल हाइड्रो अष्ट्रिया, र इलेक्ट्रोमेकानिकलको काम क्रिम हाइड्रोले पाइप र सिबीएमल भारतीय कम्पनीले गेटको काम गर्ने गरी ठेक्का पाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img