Wednesday, November 11, 2026
spot_img

सिंगटी हाईड्रोको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

spot_img

Share

spot_img

काठमाडौँ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच औपचारिक हस्ताक्षर सम्पन्न भएको छ ।

बुधबार आयोजित एक कार्यक्रमकाबीच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभाले चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिकित्ता रू. १०० अंकित दरका कुल ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

हकप्रद शेयर निष्काशनबाट संकलित रकम कम्पनीले अन्य हाइड्रो पावर आयोजनामा गरिएको लगानीका लागि प्रयोग गर्ने जनाएको छ । उक्त रकम ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजना तथा ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न उपयोग गरिने सिंगटी हाईड्रोका प्रबन्ध सञ्चालक सुदिप खड्काले जानकारी दिए ।

यस हकप्रद शेयर निष्काशनसँगै कम्पनीको वित्तीय संरचना थप सुदृढ हुने र जलविद्युत क्षेत्रमा लगानी विस्तार हुने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img