Tuesday, August 11, 2026
spot_img

मध्य-भोटेकोशीको अध्यक्षमा तुलसी राम ढकाल नियुक्त

spot_img

Share

spot_img

काठमाडाैँ । मध्य–भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकाे नयाँ अध्यक्षमा तुलसीराम ढकाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार चिलिमे जलविद्युत कम्पनीको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा आबद्ध नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष ढकाललाई मध्य–भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा चयन गरिएको हो ।

यसअघि अध्यक्ष रहेका सुभाष कुमार मिश्रले उमेर हदका कारण नेपाल विद्युत प्राधिकरणबाट अवकाश पाएसँगै अध्यक्ष पद रिक्त रहेको थियो । रिक्त पदमा सञ्चालक समितिका सदस्य ढकाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ ।

मध्य–भोटेकोशी जलविद्युत कम्पनी सिन्धुपाल्चोक जिल्लाबासी तथा सर्वसाधारणको उल्लेखनीय सेयर लगानीमा स्थापना भएको १०२ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना हो । आयोजनाबाट वार्षिक करिब ५९ करोड युनिट बिक्रीयोग्य विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ ।

चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा निर्माण सम्पन्न भएको यो आयोजना सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा ठूलो जलविद्युत आयोजना मानिन्छ । आयोजनाको बाँध मार्मिङ–९ चाकु क्षेत्रमा रहेको छ भने पावरहाउस जम्बु क्षेत्रमा निर्माण गरिएको छ। आयोजनामा करिब ७.२ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img