Tuesday, August 11, 2026
spot_img

बाढीले प्रभावित पुवा-२ आयोजनाबाट पुनः उत्पादन सुरु

spot_img

Share

spot_img

काठमाडाैँ । पिपुल्स पावर लिमिटेडले सञ्चालन गर्दै आएको ४.६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन थालेको छ । गत असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण पूर्ण रूपमा प्रभावित भई बन्द रहेको उक्त आयोजना माघ ९ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।

असोज महिनामा आएको लगातारको वर्षा तथा बाढीका कारण आयोजनाको हेडवर्क्स, इन्टेक क्षेत्र र पहुँच मार्गमा क्षति पुगेपछि उत्पादन पूर्ण रूपमा ठप्प भएको थियो । प्राकृतिक विपत्तिका कारण संरचनामा क्षति पुग्दा आयोजनालाई सुरक्षित रूपमा सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएपछि उत्पादन बन्द गरिएको थियो ।

पिपुल्स पावर लिमिटेडका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत, पुनर्निर्माण तथा प्राविधिक परीक्षण पूरा भएसँगै आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु गरिएको हो । आयोजनालाई सञ्चालनमा ल्याउन प्राविधिक टोलीले निरन्तर काम गर्दै आवश्यक सुरक्षात्मक सुधारसमेत गरिएको कम्पनीले जनाएको छ ।

पुवा–२ जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (Run-of-River) आयोजना हो । आयोजना पुनः सञ्चालनमा आएसँगै राष्ट्रिय प्रणालीमा थप विद्युत आपूर्ति हुने र सुख्खा मौसममा देखिने उत्पादन कमी केही हदसम्म पूर्ति हुने अपेक्षा गरिएको छ ।

यसअघि लगातारको वर्षा र बाढीका कारण विभिन्न साना तथा मध्यम क्षमताका जलविद्युत आयोजनाहरू प्रभावित भएका थिए । कम्पनीले आगामी दिनमा यस्ता प्राकृतिक जोखिम न्यूनीकरण गर्न संरचनात्मक सुधार र जोखिम व्यवस्थापनका उपायहरूलाई थप प्रभावकारी बनाइने जनाएको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img