Saturday, September 5, 2026
spot_img

ओभरलोड र लो–भोल्टेज समस्या समाधानतर्फ कर्णाली, १३२ केभी लाइन सञ्चालनमा

spot_img

Share

spot_img

काठमाडाैँ । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार आयोजनाको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि शाक्यले कर्णाली प्रदेशमै पहिलोपटक १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन सफल भएको बताउँदै यसले गुणस्तरीय विद्युत उपयोगको वातावरण तयार गरेको उल्लेख गरे । उनले आयोजना सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दाको सुरुवात हुने र उद्योग क्षेत्रमा विद्युत खपत बढ्नेमा प्राधिकरण आशावादी रहेको बताए ।

कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर–सुर्खेत खण्ड हाल सञ्चालनमा आएको हो । यसबाट ओभरलोड, बारम्बार बत्ती जाने र लो–भोल्टेजजस्ता समस्यामा सुधार आउने अपेक्षा गरिएको छ । साथै, यस क्षेत्रबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न पनि आयोजना महत्वपूर्ण हुने प्राधिकरणको भनाइ छ ।

शाक्यका अनुसार सबै फिडरहरू सुर्खेतस्थित स्वचालित सब–स्टेशनबाट आपूर्ति हुने भएपछि उपयुक्त समय मिलाएर निर्वाचनपछि औपचारिक उद्घाटन गरिनेछ ।

आयोजनाका प्रमुख रविकुमार चौधरीले जग्गा प्राप्ति, वन क्षेत्र कटान र स्थानीय जग्गाधनीसँगका विवाद समाधान गर्दै आयोजना सफलतापूर्वक सम्पन्न गरिएको बताए । उनका अनुसार करिब ७५ करोड रुपैयाँ लागतमा निर्माण भएको सब–स्टेशन तयारी अवस्थामा छ भने करिब ६५ करोड रुपैयाँ लागतको प्रसारण लाइन परीक्षणपछि सञ्चालनमा ल्याइएको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img