Monday, March 9, 2026
spot_img

स्वीकृत रकम प्रवाह सुस्त हुँदा एचआईडिसिएलको नगद मौज्दात बढ्दो

spot_img

Share

spot_img

काठमाडाैँ । हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले ऊर्जा क्षेत्रमा ठूलो परिमाणमा लगानी स्वीकृत गरे पनि अपेक्षाअनुसार रकम प्रवाह हुन नसक्दा कम्पनीको बैंक मौज्दातमा उल्लेख्य वृद्धि भएको छ ।

कम्पनीले हालसम्म ४७ वटा जलविद्युत् तथा नवीकरणीय ऊर्जा आयोजनामा कुल ६५ अर्ब ३७ करोड रुपैयाँ बराबरको कर्जा तथा स्वपूँजी लगानी स्वीकृत गरेको जनाएको छ । तर, स्वीकृत रकममध्ये १५ अर्ब ७ करोड रुपैयाँ मात्र प्रवाह भएको छ भने बाँकी ५० अर्ब ३० करोड रुपैयाँ अझै प्रवाह हुन बाँकी छ ।

स्वीकृत लगानी परियोजनाको निर्माण प्रगति, वित्तीय समापन, आवश्यक अनुमतिपत्र तथा अन्य प्राविधिक प्रक्रिया पूरा नभएकाले समयमै प्रवाह हुन नसकेको देखिएको छ । यसका कारण कम्पनीको बैंक खातामा नगद मौज्दात बढ्दै गएको छ, जसले पूँजी उपयोग दरमा असर पारेको छ ।

कम्पनीबाट जलविद्युत् परियोजनामा प्रवाह गरिएको कर्जामध्ये चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ७ अर्ब ९९ करोड रुपैयाँ कर्जा बाँकी रहेको छ । सञ्चालनमा आएका आयोजनाबाट भने भुक्तानी तालिका अनुरूप नियमित रूपमा कर्जा असुली भइरहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, सोही अवधिसम्म बजार मूल्यअनुसार सार्वजनिक तथा निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत् तथा नवीकरणीय ऊर्जा कम्पनीहरूमा ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको स्वपूँजी लगानी गरिएको छ ।

ऊर्जा पूर्वाधारमा दीर्घकालीन वित्तीय स्रोत जुटाउने उद्देश्यसहित स्थापना भएको एचआईडिसिएलले स्वीकृत लगानीलाई तीव्रता दिँदै पूँजी परिचालन दर सुधार गर्ने रणनीति अघि बढाउने जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img