Tuesday, April 21, 2026
spot_img

बागमती साना अब ३२ मेगावाट: थपिएको १० मेगावाटबाट परीक्षण उत्पादन सुरु

spot_img

Share

spot_img

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–इपा दोभानस्थित बागमती नदीमा माण्डु हाइड्रो पावर लिमिटेडले निर्माण गरेको बागमती साना जलविद्युत् आयोजना विस्तारसहित सञ्चालनमा आएको छ । कम्पनीका अनुसार यसअघि २२ मेगावाट क्षमतामा रहेको आयोजनामा थप १० मेगावाट विस्तार गरी कुल क्षमता ३२ मेगावाट पुर्‍याइएको हो ।

विस्तारपछि नयाँ उत्पादन युनिटबाट परीक्षण उत्पादन सुरु गरिएको छ । निर्माण कार्य सम्पन्न भएसँगै आयोजना २०८२ साल चैत १० गतेदेखि परीक्षण उत्पादनमा गएको र उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ ।

उक्त आयोजना २०८१ असोज ११ र १२ गतेको भीषण बाढीका कारण विद्युत्गृहसहितका संरचना क्षतिग्रस्त भएपछि करिब एक वर्ष बन्द अवस्थामा रहेको थियो । पुनर्निर्माणपछि भने २०८२ साउनदेखि पुनः सञ्चालनमा आएको हो ।

कम्पनीले ३२ मेगावाट क्षमतामा विकास गर्ने लक्ष्यअनुसार पुरानै विद्युत्गृह नजिकै नयाँ विद्युत्गृह निर्माण गरी १० मेगावाटको छुट्टै उत्पादन युनिट थपेको जनाएको छ ।

आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएपछि देशको ऊर्जा आपूर्तिमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै, यस्ता साना तथा मध्यम जलविद्युत् आयोजनाले ऊर्जा उत्पादनमा विविधीकरण र आपूर्ति स्थायित्वमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img