Sunday, December 15, 2024
spot_img

लगानी सम्मेलनमा ऊर्जा क्षेत्रको लोभलाग्दो सहभागिता, ४७ आयोजना ‘सोकेस’मा

spot_img

Share

spot_img

काठमाडौँ । लगानी बोर्ड नेपालले ‘इमर्जिङ नेपाल’ नाराका साथ आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्र, स्थानीय तह, प्रदेश र विभिन्न निकायले प्रस्ताव गरेका १४७ वटा आयोजनालाई लगानीका लागि प्रदर्शनी (सोकेस) मा राखिने भएको छ । सरकारले वैशाख १६ र १७ गते आयोजना गर्ने तयारी गरेको सम्मेलनमा ऊर्जा क्षेत्रका आयोजनाको सहभागि लोभलाग्दो छ ।

सम्भाव्यता तथा पूर्वसम्भाव्यता अध्ययन, वातावरणीय मूल्यांकन अध्ययन, लागत, डीपीआर जस्ता अध्ययन भए/नभएको गरी ७ वर्गमा विभाजन गरेर आयोजनाहरूलाई सोकेसमा राखिन लागिएको छ ।

प्रदर्शनीमा राखिने आयोजनाहरू ऊर्जा क्षेत्रको सहभागि उल्लेख्य रहेको बोर्डले जानकारी दिएको छ । देशको आर्थिक विकासका लागि महत्वपूर्ण ऊर्जा क्षेत्रका आयोजनाहरू जस्तै, जलविद्युत्, सौर्य, वायु तथा उच्च क्षमताका प्रसारण लाइनलाई प्रर्दशनीमा राख्न लागिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले बताए ।

सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बढी भन्दा बढी नतीजामुखी बनाउन आन्तरिक गृहकार्य चुस्त बनाइएको पनि उनले जानकारी दिए । ‘सम्मेलन आयोजनाका लागि तय भएका विभिन्न ८२ वटा कामहरूमध्ये अधिकांश सकिएकाे छ,’ उनले आइतबार ऊर्जा संचारसँग भने, ‘सम्मेलनका लागि आन्तरिक एवम् बाह्य लगानीकर्ताको सहभागिता सुनिश्चित गर्न लागिपरेका छौँ । सम्मेलनमा सहभागी हुने विदेशी पाहुनाहरूको लगभग निधो भइसकेको छ ।’

सम्मेलनको ‘सोकेस’मा राखिनेमध्ये ४७ वटा ऊर्जा क्षेत्रका आयोजना छन् । जसमा ३७ वटा जलविद्युत् आयोजना छन् भने बाँकी १० वटा प्रसारण तथा सबस्टेसन रहेका छन् ।

सोकेसमा १९०२ मेगावाटको मुगु कर्णाली, ४५४ मेगावाटको किमाथांका, ४३९ मेगावाको बेतन कर्णाली, ७७.५ मेगावाटको घुन्सा खोला लगायतका आयोजना रहनेछन् । यसैगरी, नौमुरे बहुउद्देशीय, कालीगण्की–२, भारभुंग, खिम्ती ठोसे, हुम्ला कर्णाली, सुपर बुढीगण्डकीलाई पनि सोकेसमा राखिने भएको छ । उच्च भोल्टेज स्तरका विद्युत् प्रसारण परियोजनामध्ये ८ वटा ४०० केभीका र २ वटा २२० केभी क्षमताका लाइन छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img