Thursday, December 5, 2024
spot_img

एक्स्पोमा उत्साहपूर्ण सहभागिता, हाइड्रोजन प्रविधिको स्टलका बढी भिड

spot_img

Share

spot_img

काठमाडौँ । बुधबार (बैशाख १२ गते) देखि भृकुटीमण्डपको प्रदर्शनी हलमा सुरु भएको चौंथो संकरणको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा सबैभन्दा बढी भिड हाइड्रोजनको स्टलमा देखिएको छ । अवलोकनकर्ताको उत्साहपूर्ण सहभागिता रहेको एक्स्पोमा काठमाडौँ विश्वविद्यालय (केयू)ले राखेको स्टलमा हाइड्रोजनसँग सम्बन्धित प्रविधिहरु प्रर्दशनीमा राखिएको छ ।

केयूले हाइड्रोजनसँग सम्बन्धित विभिन्न प्रविधिहरू, हाइड्रोजनबाट चल्ने चुलोलगायत प्रर्दशनी राखेको छ । धेरै अवलोकनकर्ताले हाइड्रोजन सम्बन्धी रुची देखाएको केयूमा स्नातकमा अध्ययनरत विद्यार्थी नवराज काफ्लेले बताए ।

‘हाइड्रोजनको बारेमा धेरैले जानकारी लिएका छन् । निजी प्रवर्द्धकले जलविद्युत केन्द्रबाट हाइड्रोजन उत्पादन गर्नका लागि सम्झौता गर्ने चाहेको बताए’, उनले भने ‘ग्रिन ग्लोब इन्टरनेशनल प्रालि लगायतका ३/४ वटा कम्पनीहरूले हाइड्रोजन उत्पादनका लागि सम्झौता गर्न योजना अघि बढाएका छन् ।’

केयूले केही दिन अघि मात्र बुद्धभूमि हाइड्रो पावर कम्पनीसँग हाइड्रोजन उत्पादन गर्नका लागि अध्ययन प्रक्रिया अघि बढाउन सम्झौता गरेको थियो । कम्पनीको नुवाकोटमा सञ्चालनमा रहेको तादी खोलाको ५ मेगावाट विद्युत् उपयोग गरी हाइड्रोजन उत्पादन गर्न प्रक्रिया अघि बढाएको छ ।

बर्खामा बढी विद्युत् खेर जाने भएकोले यसको उपयोग गर्न निजी प्रवर्द्धकहरू हाइड्रोजन उत्पादनतर्फ आकर्षित भएको देखिन्छ । नेपालमा नदी प्रवाही जलविद्युत् आयोजना बढी छन् । जसले गर्दा बर्खामा विद्युत् खेर जाने र हिउँदमा विद्युत् अपुग भई आयात गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थालाई न्यूनिकरण गर्न बर्खामा बढी भएको विद्युतबाट हाइड्रोजन उत्पादन गरी भण्डारण गर्न उद्देश्यका साथ केयूले यस्तो अध्ययन प्रक्रिया अघि बढाएको छ । यसप्रति निजी ऊर्जा उत्पादकहरूको पनि रुची देखिएको छ ।

यसैगरी, केयुले यसअघि काठमाडौँ विश्वविद्यालयले धुलिखेलस्थित विश्वविद्यालयको कम्पाउन्ड भित्रै हाइड्रोजन ल्याब स्थापना गरी हाइड्रोजन उत्पादन सुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङ गरी कारको परीक्षण समेत सफल भइसकेको छ । साथै, हाइड्रोजनबाट चल्ने चुलोको समेत सफल परीक्षण गरिसकेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img