Saturday, September 21, 2024
spot_img

हाइ भोल्टेजका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६० घरमा क्षती

spot_img

Share

spot_img


काठमाडाैं । हिजो (आइतबार) हाइ भोल्टेज विद्युत् प्रवाह हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ का ६० भन्दा बढी घरहरुमा क्षति पुगेको छ । उच्च गतिको विद्युत प्रवाह हुँदा पालिका अन्तर्गतका भुवानीथान, भुन्या, घारको ओडारे, इदार र बिरौटा टोलका अधिकांश घरहरुमा क्षति भएको हो ।

“हाइ भोल्टेजकै कारण स्थानिय जितबहादुर बरुवालको पसल जलेर १० लाख रुपैयाँ बढीको क्षति भएको छ । वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले सम्पूर्ण क्षतिकाे विवरण सङ्कलन गरिरहेकाे छ ”वडाध्यक्ष रामबहादुर खड्काले भने ।


विद्युतको मुख्य र शाखा लाइन हावाले हलाइ छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स लगाएत विद्युतिय उपकरणहरुमा क्षति पुगेको खड्काले जानकारी दिए ।

हाइ भोल्टेज प्रबाह हुँदा स्थानिय ५ जना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको खड्काले बताए ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् लाइन बन्द गरि सर्ट हुनुको कारणबारे अध्ययन गर्न प्राविधिक टोली पठाउइएको जनाएको छ । हाललाई घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img