Thursday, November 14, 2024
spot_img

माथिल्लो काबेलीमा माछापुच्छ्रेको अगुवाईमा ४ बैंकले ४ अर्ब २३ करोड लगानी गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । पिस इनर्जी कम्पनी प्रालिले ताप्लेजुङमा निर्माण गरिरहेको २८.१ मेगावाटको माथिल्लो काबेली खोला जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैकको अगुवाईमा ४ बैंकले लगानी गर्ने भएका छन् । बैंकले ४ अर्ब २३ करोड ५० लाख रुपैयाँ लगानी गर्नेगरी सम्झौता सम्पन्न भएको हो ।

माछापुच्छ्रे बैंकको अगुवाइमा बैंकहरूले ऋण लगानी गर्ने सम्बन्धी सम्झौता पत्रमा बुधबार (बैशाख २६ गते) हस्ताक्षर भएको हो । आयोजनामा माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ५० लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब र लक्ष्मी सनराइज बैंकले ७५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

आयोजनामा बाँकी २५ प्रतिशतले हुन आउने १ अर्ब ४१ करोड १९ लाख रुपैयाँ प्रवर्द्धकहरूको स्वपूँजी रहने छ । आयोजना सम्पन्न गर्न ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

नेपालको जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने उद्देश्यले अमेरिकामा रहेका गैरआवासीय नेपाली व्यवसायी तथा उद्यमीहरूको समूह (एनआरएन)ले स्थापना गरेको कम्पनी हो टेस्ला हाइड्रो । पिस इनर्जीमा टेस्ला हाइड्रोको ७८ प्रतिशत सेयर स्वामित्व रहेको छ । यी दुई कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ल्याएर २८.१ मेगावाटकाे माथिल्लाे काबेली आयोजना विकास गर्न लागेका हुन् ।

आयोजना निर्धारित समयभन्दा अघि नै पूरा गर्ने योजनाका साथ अघि बढेको टेस्ला र पिस दुवै कम्पनीका कार्यकारी अध्यक्ष डा. मदनकुमार उप्रेतीले बताए ।

आयोजनाका संरचनाहरू ताप्लेजुङको सिरिजंगा गाउँपालिका– १, २, ४ र सिदिङ्वा गाउँपालिका– ५ र ६ मा निर्माण हुने गरी डिजाइन तयार पारिएको छ । आयोजनाको भौतिक प्रगति १५ प्रतिशत पूरा भएको छ । आयोजनाको निर्माण साढे २ वर्ष अर्थात सन् २०२७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको सिभिल संरचना निर्माणको जिम्मा इन्फ्राप्रो कन्स्ट्रक्सन प्रालिले पाएको छ । कम्पनीले आयोजनाको क्याम्प, पुहँचमार्ग, कन्स्ट्रक्सन पावर जस्ता पूर्वाधार तयार पारिसकेको छ । आयोजना पूरा भएपछि वार्षिक १६९.७४८ गिगावाट बिजुली उत्पादन गर्नेछ । उत्पादन विद्युत् प्रस्तावित अमरपुर सबस्टेसनमा जोडिने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img