काठमाडाैँ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयाेजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेकाे हाे ।
कम्पनीले सर्वसाधारणलाई २४ लाख २३ हजार १ सय ८५ कित्ता सेयर निष्कासन गर्न लागेको हो । इच्छुकले साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन्छ ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । सेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।








