Sunday, May 31, 2026
spot_img

समुद्री सतहबाट ४ हजार ९४९ मिटर उचाइमा साैर्य ऊर्जा

spot_img

Share

spot_img

काठमाडाैँ । हिमालपारिको जिल्ला मनाङस्थित समुद्री सतहबाट ४,९४९ मिटर उचाइमा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति सुरु गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले ३९० वाट क्षमताको सौर्य प्यानल जडान गरी ताल क्षेत्रमा विद्युत् सेवा विस्तार गरेको हो । प्राधिकरणको मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोका अनुसार केही दिनयता सौर्य ऊर्जामार्फत बत्ती बाल्न थालिएको छ । उनले बत्ती पुगेपछि ताल भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई मोबाइल चार्ज गर्न सहज भएको जानकारी दिए ।

यसअघि नै समुद्री सतहबाट ४,२५० मिटर उचाइमा रहेको तिलिचो तालको आधार शिविर (बेस क्याम्प)सम्म राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति गरिएको थियो । बेस क्याम्पमा ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरी सेवा प्रदान गरिएको हो। उक्त शिविरबाट तालसम्म पुग्न करिब तीन घण्टा पैदल यात्रा गर्नुपर्छ ।

ताल वरिपरि स्थायी बस्ती नभएको र भौगोलिक अवस्थाका कारण तत्कालका लागि सौर्य ऊर्जामार्फत विद्युत् आपूर्तिको व्यवस्था गरिएको प्रमुख महतोले जानकारी दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img