Thursday, March 12, 2026
spot_img

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी भित्रिए

spot_img

Share

spot_img

काठमाडाैँ । चीनसँग जोडिएको लोमान्थाङस्थित कोरला नाकाबाट एक सय भन्दा बढी विद्युतीय सवारी नेपाल भित्रिएका छन् । याे नाकाबाट पहिलो पटक ठूलो परिमाणमा विद्युतीय सवारीसाधन आयात सुरु भएको हाे ।

भन्सार विभागको प्रक्रिया पूरा गरी भित्रिएका एक सय भन्दा बढी विद्युतीय सवारी हाल न्हेचुङ भन्सार कार्यालयमा राखिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट करिब ५०० भन्दा बढी बीवाइडी कम्पनीका सवारी ल्याइने तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले आठ दिनअघि मात्रै खोलिएको यस नाकाबाट हालसम्म एक सय भन्दा बढी सवारी भित्रिएको जानकारी दिए ।

यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने योजना थियो । तर, बाढी–पहिरोका कारण ती नाका अवरुद्ध भएपछि कोरलालाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको हो । “चिनियाँ भन्सारमा जाँचपास भएपनि नेपाली भन्सार प्रक्रियाबाट पनि ती सवारी पार हुन्छन्,” प्रजिअ भुसालले बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img