काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ एक दिन थप भएको छ । अब, साउन २६ गते अर्थात सोमबारसम्म सञ्चालन हुने भएको छ ।
दर्शकको ठूलो चाप र प्रदर्शकको मागका आधारमा नाइमाले अवधि विस्तार गर्ने निर्णय गरेको हो । साउन २१ गतेदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म करिब ७० हजारले अबलोकन गरेको आयोजकले जानकारी दिएको छ ।
पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५००, तेस्रो दिन १९ हजार ५०० र शनिबार मात्रै २१ हजार ५०० दर्शकले सहभागिता जनाएका थिए ।
एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी रहेको छ ।








