Wednesday, October 29, 2025
spot_img

भदाै ३ गतेदेखि सुरु हुने नाडा अटो शो २०२५ काे उद्घाटन् प्रधानमन्त्रीले गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । आगामी भदाै ३ गतेदेखि सुरु हुने नाडा अटो शो २०२५ काे उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छ्न् । याे शाे ८ गतेसम्म चल्नेछ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री ओलीसँग भेटगरी अटो शो मा प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको हाे ।

उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिए ।

अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुनेछन् । पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका यूनीट्री रोबोट्स् र दिपाल इभटिोल यूएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img