Wednesday, October 29, 2025
spot_img

‘नाडा अटो शो’मा बैंकहरूको कर्जा अफर

spot_img

Share

spot_img

काठमाडाैँ । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरू भएको १७औँ नाडा शोमा विभिन्न आठ वाणिज्य बैंकहरुले सहभागिता जनाएका छन् । नेपाल अटो मोबाइल्स एसोसिएसन (नाडा) द्वारा आयोजित अटाे शाे मा सहभागी बैंकहरूले झन्डै आधारदरमै र न्यूनतम ६.२३ देखि ८.१५ प्रतिशत अटो लोन दिने योजना सार्वजनिक गरेका छन् ।

सवारीसाधन कर्जा विस्तार बढाउन बैंक तथा वित्तीय संस्थाहरूले अटाे शाेमा ग्राहकलाई सहुलियत र सस्तो ब्याजदरमा ‘अटो लोन स्किम’ सार्वजनिक गर्दै स्टल राखेका छन् । सामान्यतयभन्दा सहज र सस्तो ब्याजदर कर्जा स्किम ल्याउँदै हिमालयन, ग्लोबल आइएमई, नबिल, सानिमा, माछापुच्छ्र्रे, लक्ष्मी सनराइज र महालक्ष्मी विकास बैंकले यस पटकको नाडा अटो मेलामा स्टल राखेका छन् ।

अटाे शाे मा नबिलको आधारदर ५.७४ प्रतिशत रहेको छ । नबिलले बैंकबाट कर्जा लिनका लागि मासिक किस्ताको दोब्बर आम्दानी हुनुपर्ने सर्त राखेको छ। आधारदरमा प्रिमियम थप्दा बैंकले ६.७४ प्रतिशत ब्याजमा ईभी गाडी खरिदमा ऋण दिनेछ । बैंकले न्यूनतम पाँचदेखि सात वर्षसम्म अवधिका लागि अटो लोन दिने जनाएको छ ।

एनएमबी बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत एनएमबीले सात वर्ष अवधिका लागि फिक्स्ड ब्याजदरमा ८.८९ प्रतिशत र फ्लोटिङ दरमा साढे सात प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अटो लोनका निम्ति आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको बैंकले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकले न्यूनतम ६.९९ देखि ८.२५ प्रतिशत ब्याजमा अटोलोन दिने भएको छ । फ्लोटिङदरमा ६.९९ रहेको छ भने फिक्स्डमा ८.२५ प्रतिशत ब्याजदर रहेको छ ।

यस्तै हिमालयन बैंकले साढे ७ प्रतिशत ब्याजमा ईभी गाडी खरिदका लागि ऋण दिने भएको छ । ऋणको अवधि आठ प्रतिशत रहेको छ । यस्तै डिजेल गाडीमा ८ वर्षका लागि ७.६५ प्रतिशत ऋण दिने बैंकले जनाएको छ ।

यस्तै लक्ष्मी सनराइज बैंकले बेस रेटमा एक प्रतिशत ब्याजमा अटोलोन दिने भएको छ । बैंकले फ्लोटिङदरमा ७.३५ प्रतिशत ब्याजमा अटो लोन दिने बैंकले जनाएको छ । बैंकले दिने अटो लोनको अवधि सात वर्ष हुनेछ । यस्तै फिक्सडदरमा सात वर्षका लागि ७.९९ प्रतिशत ब्याजमा ऋण दिने भएको छ । अफर आगामी १४ मंसिरसम्म लागु हुनेछ ।

कृषि विकास बैंकले सबैभन्दा कम ६.२३ प्रतिशत ब्याजमा ईभी लोन योजना ल्याएको छ । बैंकले नाडा अवधिभर सेवा शुल्कमा ३३ प्रतिशत छुट दिएको जनाएको छ । नाडामा सबैभन्दा सस्तो दरमा अटोलोन दिने बैंक कृषि विकास भएको छ ।

यसैगरी सानिमा बैंकले पनि पाँच वर्षका लागि ७.९९ र सात वर्षमा ८.१५ प्रतिशत ब्याजमा अटो लोन दिने जानकारी दिएको छ । नेपाल एसबीआई बैंकले आधारदरमा ०.७० प्रतिशत प्रिमियम थपेर अटो लोन दिने भएको छ । आधारदर अझै घट्ने भएकाले खुलाएको छैन ।

गत असारसम्म बैंकको आधारदर ६.२९ प्रतिशत रहेको छ । आधारदर अझ घट्ने जानकारी बैंकले दिएको छ । नेपाल राष्ट्र बैंकले ईभी ऋण सीमा घटाएर ६० प्रतिशतमा झारेको छ । ईभी किन्ने व्यक्तिले ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img