Wednesday, October 29, 2025
spot_img

झापा इनर्जीको सेयर आजदेखि खुला

spot_img

Share

spot_img

काठमाडाैँ । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ । कम्पनीले शुक्रबारदेखि सेयर आवेदन खुला गरेकाे हाे ।

कम्पनीले ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यसअघि आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट भइसकेको छ । कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ रहेको छ ।

कम्पनीकाे सेयर निष्कासन गरी बाँडफाँड गर्न हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेकाे छ । सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले झापाको शिवसताक्षी नगरपालिकामा १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना निर्माण गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img